श्रीलंका पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्वअर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म बिना अनुमति देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै अदालतले उहाँहरूलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।

अदालतले केन्द्रीय बैंकका पूर्वगभर्नर अजिथ निभार्ड काब्राल र अरू केही व्यक्तिलाई पनि देश छाडेर जान निषेध गरेको छ । अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायत आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि आमनागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनुपरेको थियो । त्यही प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले देश छोडेर राजीनामा पनि दिनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?