कोलम्बो । श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्वअर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म बिना अनुमति देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै अदालतले उहाँहरूलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।
अदालतले केन्द्रीय बैंकका पूर्वगभर्नर अजिथ निभार्ड काब्राल र अरू केही व्यक्तिलाई पनि देश छाडेर जान निषेध गरेको छ । अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायत आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि आमनागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनुपरेको थियो । त्यही प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले देश छोडेर राजीनामा पनि दिनुभएको छ । एजेन्सी ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको