नबिलका सिइओ ढुंगाना विभूषित

Read Time = 1 min

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रवल जनसेवाश्री’ पदकबाट सम्मानित हुनुभएको छ । ढुंगानाले लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान प्रदान गर्नुभएको हो ।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ हुनुभएको थियो भने त्यसअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकतर्फ आकर्षित हुनुभएको थियो ।

भारतको चार्टर्ड एकाउन्टेन्सी ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?