‘स्मार्टफोन रियलमीमा आकर्षण’

Read Time = 3 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै ग्राहकलाई उत्कृष्ट स्मार्टफोन सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इन्नोभेसन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादन ल्याउने भएकाले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तररूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१ प्रतिशत सेटमात्र मर्मतका लागि आएका थिए, जसले रियलमी स्मार्टफोन गुणस्तरलाई प्रमाणित गरेको छ ।

२०२२ मा रियलमीको रियलमी जिटी २ प्रो, रियलमी जिटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस, रियलमी ९ आई, रियलमी ९ आई ५ जी, रियलमी नार्जो ५० आई प्राइम र रियलमी नार्जो ५० ए प्राइमसहित कुल १४ नयाँ स्मार्टफोन मोडल बजारमा आएका थिए भने २०२३ मा रियलमीले तीन नयाँ मोडल रियलमी १० प्रो प्लस ५ जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘रियलमी ब्राण्ड विश्वव्यापीरूपमै उच्च गुणस्तरीय स्मार्टफोन उत्पादन गर्न प्रतिबद्ध छ । नेपाली ग्राहकको माया र विश्वास पाउनु र उहाँहरूको गो टु स्मार्टफोन ब्राण्ड हुन पाउँदा गर्व लागेको छ ।’

नेपालस्थित आधिकारिक बिक्रेता शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटियाले भन्नुभयो, ‘हामी ग्राहकलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहनेछौँ र उहाँहरूको विश्वास जित्न र कायम राख्न कडा मिहिनेत गरिरहनेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?