‘विजय चालिसेका बालकथाहरू’ कृतिमा घुुम्ती मार्दा !

बद्रीप्रसाद दाहाल
Read Time = 17 mins

२००८ असार बाईस गते आमा सुशीला चालिसे र रामेश्वर चालिसेको पुत्रेच्छा पूरा गर्दै जेठो सन्ततिको रूपमा काठमाडौंको जोरपाटी आरुबारीमा आँखा खोलेका थिए विजयले । नेपाली आख्यान साहित्यमा उपन्यास र कथाविधाबाट चर्चाको शिखरमा संस्थापित हुुनुुभएका वरिष्ठतम सर्जक रमेश विकल अर्थात् रामेश्वर चालिसेका पुत्ररत्न हुन् यिनी । पिताजीको सान्निध्य र सहवासले पनि विजयकुमारलाई जीवनका बाल, युवा तथा प्रौढ उमेरभरि हुुट्हुुटी, उत्प्रेरणा र चिन्तन मननको पृष्टपोषण लेखकीय कार्यमा मिलिरहृयो ।

वास्तवमा आरुबारी सिर्जना–वाटिकाकै उर्वर धरा हो, जहाँ भैरव अर्याल, रमेश विकल, श्यामबहादुर लामा, नरेन्द्र लामा, ज्योतिषशास्त्र र इतिहासका निष्णात पण्डित देवीप्रसाद भण्डारी, अर्थशास्त्रका विद्वान् नवराज चालिसे, वरिष्ठतम कवि कञ्चन पुुडासैनी प्रभृतिका कलमवीरहरूको लेखन र साधनाको यज्ञ चल्थ्यो । आख्यानकार विजय चालिसेलाई यो सत्सङ्गतले नलोभ्याउने कुरै भएन । उनमा अन्तरनिहित प्रतिभाले पनि आफ्नै राजपथ खन्नथाल्यो । त्यसैले त आजका मितिसम्ममा वरिष्ठ सर्जक विजयजीले पचपन्न संख्याका उम्दा र गहकिला कृतिहरू नेपाली साहित्यभण्डारमा प्रदान गरिसकेका छन् ।

कथाकार विजय चालिसे
अठ्ठारवटा बालकथा संग्रह, अनुुदितसहित छ उपन्यास, निबन्ध संग्रह चार, पत्रकारितासम्बन्धी पुुस्तकहरू छवटा, चित्रकविता, बालनाटक संग्रह, संस्कृतिपरक ग्रन्थ, हजारौं लेख सयौं कविता पाठकमाझ पस्किसक्नु भएको छ । उत्तरार्ध वयमा अझै उमंगित हुँदै लेखन, पठनपाठन र चिन्तनमा आफ्नो दैनिकी गतिमान् बनाइरहनुु भएको छ चालिसेले । गोरखापत्रलगायत दर्जनभन्दा बढी चर्चित अखबार र साहित्यिक पत्रिकाको सम्पादकीय दायित्व वहन गरेका उनी तीन दर्जनभन्दा बढी संस्थाबाट पुरस्कृत, अभिवन्दित र सम्मानित भइसकेका छन् । ‘यथा पिता तथा पुत्र’ भनेझैँ यिनले रमेश विकलको लेखकीय पदचाप पछ्याँउँदै अझ गतिमान् बनेर दरिलो, युुगीन, कालातीत दृष्टि तथा खगोल भूूगोल र अन्तरिक्षका विषयवस्तुुसमेत सिर्जनामा अन्तरनिहित गर्दै नवीन शैलीमा सिर्जना संसारमा साधनारत भइरहेका छन् ।

यसै सन्दर्भमा आजको यो लेखभित्र पाठकहरूमा सर्वप्रिय बनेको (अझ बाल पाठकहरूमा रुचिकर बनेको) ‘विजय चालिसेका बालकथाहरू’ –लाई सर्सरती उठानको जमर्को गर्दैछुु । रोचक कथानक, जीवन्त पात्र, समुुचित कालिक एवं सामाजिक परिवेश, भाषाशैलीको उपयुुक्तता, उद्देश्यमूलकता र दृष्टिविन्दुको समग्रतामा कथाले प्राण पाउने कुरा निश्चित छ । एक सय बहत्तर पेजमा पैँतीस शीर्षकका कथा झन्नै चौबीस हजार शब्दमा नाच्न र हाँस्न पुुगेका छन् यो कथा कृतिमा । विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले ०६५ पुसमा प्रकाशनमा ल्याएको यो संग्रह हर पुस्ताका बालक, किशोर, युवा, प्रौढ र ज्येष्ठको लागि पठनीय सिर्जनामा दरिएको छ ।

‘यथा पिता तथा पुत्र’ भनेझैँ यिनले रमेश विकलको लेखकीय पदचाप पछ्याँउँदै अझ गतिमान् बनेर दरिलो, युुगीन, कालातीत दृष्टि तथा खगोल भूूगोल र अन्तरिक्षका विषयवस्तुुसमेत सिर्जनामा अन्तरनिहित गर्दै नवीन शैलीमा सिर्जना संसारमा विजय साधनारत भइरहेका छन् ।

देवकोटाले भनेझैँ–ः ‘कथा त्यो आँखीझ्याल हो जहाँबाट सानो संसार चियाइन्छ । हिन्दी कथासाहित्यका तारा प्रेमचन्दले बोलेझैँ–कथा अनेक थरी फूल फुल्ने बगैँचा होइन, यो त गमलामा फुलेको एकै बिरुवाको सुुगन्धित सुुन्दर फूल हो । अङ्ग्रेजी साहित्यका हड्सनले उल्लेख गरेझैँ ‘एक बसाइँमा पढिसकिने’ कथाका सम्बन्धका मानक धारणा हुन् । यही मान्यताकै पेरीफेरीमा चालिसेले आफ्नो कथायात्रालाई अघि बढाएका छन् ।

मूूलतः उनका कथा : छोटा, भाषाशैली रसिला, द्वन्द्वात्मक, शिक्षाप्रद, उत्प्रेरक, क्रमबद्धतामा पाठकलाई खुुल्दुली प्रदान गर्दै धर्ती, अन्तरिक्ष र विभिन्न ब्रहृमाण्डहरूको रोचक उपस्थितिलाई शिल्पमा बुनेका छन् । बालमनोवैज्ञानिक, वैज्ञानिक, सामाजिक, शैक्षिक, आञ्चलिक, ऐतिहासिक र सांस्कृतिक विषयलाई मूूल कथ्य बनाएर सिर्जना गरिएका सुुधारवादी, सन्देशपरक, नयाँ कुराप्रतिको हुटहुटी र पठनपाठनको मर्मलाई कथाहरूले कोणकोणबाट उठान गरेका छन् । मूूलतः उनका विज्ञानमूूलक कथामा ‘मंगलवासीको हमला, पराई ग्रहका साथी, आकाशको अँध्यारो गुफा, टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे, पृथ्वीमा संकट, नयाँ दानवको जन्म’ आदि महत्वपूूर्ण छन् ।

उदाहरणको रूपमा केही प्रतिनिधि कथालाई उल्लेख गर्दैछुु । ‘आकाशको अँध्यारो गुफा’ कथा, आकाशको अँध्यारो गुुफामा बुुबासितै उडेका छोरा ईशानले छैटौं दिनको आफू चढेको यान चालकको सूचनाअनुसार बाटो बिराएर कृष्ण गर्ततिर (ब्ल्याकहोल) फसेको थाहा पाए । अन्तरिक्ष जगत्को भुलभुलैया बनेको त्यो कालो छिद्रको बारे यो कथामा रोचक वर्णन गरिएको छ । द्वन्द्व, तनाव, कौतूहलता, उत्सुकता र संगिन स्थितिको उपस्थिति चरमोत्कर्षमा पुुर्‍याएर कथाले यानलाई ब्ल्याकहोलबाट मुक्त गराई बाटो भेट्टाएको आशाको दीप बाली कथालाई रोचक र सुखद् बनाइदिएका छन् ।

अर्को कथा ‘मंगलवासीको हमला’मा ईशान, ईशिता, हजुुरबा, हजुरामालाई मुख पात्र बनाएर बालमस्तिष्कमा तर्कवितर्कको क्षमतावृद्धि र नवविज्ञानले गरेको आश्चर्यकारी शोध वा अनुसन्धानलाई रुचिकर ढंगले कथाको कायालाई माया गरेका छन् । भ्रामक सञ्चारप्रति सजग र सचेत गराउन कथा भरपुर कामयावी बनेको छ । ‘पराई ग्रहका साथी’ शीर्षकको कथाभित्र विश्वब्रहृमाण्डको रोचकता, विज्ञानलाई गलत ढंगले प्रयोग गर्नेप्रति चेतावनी, भावी समयमा हाम्रा नयाँ पुस्ता बेग्लै ग्रहका गुरुहरूसित शिक्षा लिने कल्पना गरिएको छ । कथाकारको कल्पनामा स्वैरता अर्थात् फेन्टासी कोरा नभएर संभाव्य सिकाइको आगामिताको उज्यालो देखिन्छ । जहाँ अनौठो पात्रसितको भलाकुसारी देखाएर कथालाई तुलबुली, खुल्दुली र द्वन्द्वले पढूँ–पढूँ लाग्ने बनाएका छन् सफल आख्यानकारले ।

देशविदेश बुुझेका, घुमेरा र अनुुभवले खारिएका अभिनव वर्तमानसित अभिनवीकृत भइरहने, अध्ययनशील, चिन्तनशील र विविध भाषासाहित्यमा पनि दखल राखेका वरिष्ठ आख्यानकार विजय चालिसेज्यूूबाट नेपाली वाङ्मय तथा भाषाभण्डारमा अन्य कृतिहरूको प्रतीक्षा गरिरहेका छन् समस्त पाठकवृन्दले ।

‘टेलिभिजनमा छिमेकी चन्द्रमाको मान्छे’ भन्ने विज्ञानमूूलक कथा पनि उत्तिकै घतिलो र रहस्यात्मक छ । बृहस्पति ग्रहका चार उपग्रहमध्ये युरोपा केही समयअघि वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । त्यस ठाउँबाट बेग्लै खालको मानिसले टेलिभिजनमार्फत आफ्नो परिचय दिएको र पृथ्वीका मानिसहरूसित मित्रता गाँस्न आएका कुरा मुुख्य पात्र ईशानबाट बताइएको छ । भोलिको संसारमा कुुनकुुन ग्रहका कस्ताकस्ता मान्छे पृथ्वीमा आउन सक्छन् भन्ने बारे कथा सललल्ल बगेर कथानकमार्फत नयाँ पुस्तालाई कल्पनाशील बनाउन कसरत भएको छ ।

अन्य वैज्ञानिक कथाहरूमा, ‘पृथ्वीमाथि संकट, नयाँ दानवको जन्म’ आदि छन् । जसमा भोलिको विज्ञान र प्रविधिको नयाँ आयामलाई गति दिने ठूूलाठूूला प्रयोगशालामा विमर्शरतवैज्ञानिक अध्येताहरूलाई समेत कलिला यी कथाका पात्रहरूले अब्बल उपाय दिएका तार्किक कथन हृदय हल्लाउने शैलीमा समाहित गरेका छन् कथाकारले । कासाङ, मुुस्ताङका मितज्यूू, निमाले यती भेट्यो, होचा मानिससँगको भेट, आदि कथाले हिमाली भेगको जनजीवन त्यहाँको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र आदिम समाजको गहकिलो ज्ञान, संकटमा परेकालाई सहयोग गरेको उदाहरण देखाएर उप्रेरणाका भरिला सन्देश दिएका छन् । यी यात्रापरक कथाले नियात्राको आस्वाद पनि दिएको छ भने अर्को कोणबाट नियाल्दा स्थानीय भाषा, परम्परा र निश्चित जातिहरूका बारे उल्लेख गरेर कथामा आञ्चलिकताको सुुगन्ध पनि भरपुर छरेका छन् कथाकारले । कथाहरू संक्षिप्त भएर पनि गहकिला एवं अंग पुुगेका छन् ।

कथाकार चालिसेले यो कथा संग्रहभित्रका सबै कथामा बालमनोविज्ञानको प्रक्षेपण अत्यन्त जिम्मेदार ढंगले बुनेका छन् । ‘भो मलाई साइकल चाहिँदैन’ भन्ने आख्यानमा कथाको सुुरुमा साइकल नल्याइदिए म त स्कुलै जान्न भनेर जय भन्ने पात्रको जिद्दीलाई उपस्थित गराएर धनवान् र निर्धनवान् परिवारका केटाकेटीहरूको मनस्थितिको चित्रण गहकिलोसित प्रस्तुत गरेका छन् । जय सदाचारी कर्मचारीका छोरा थिए भने राजीव घुस्याहा भ्रष्ट कर्मचारीका । राजीवको सुुखसयलकै जीवनले निम्नवर्गीय परिवारमा जन्मिएको जयलाई आकर्षण गरेको देखाएर धनाढ्य जीवन र निर्धनजीवन बीचको फासला उभ्याइएको छ । राजीवका बाउ घुसकाण्डमा पक्रिएपछि सबै कुरा बुुझेर जय भो मलाई साइकल चाहिँदैन भन्ने निर्णय गर्दछ ।
त्यसैगरी अनीताको अठोट कथाले ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने उखानलाई सिद्ध गरेको छ । पोलियो थोपा खान नपाएर अपाङ्ग बनेकी अनितालाई उनका छिमेकी काकाले गोडाको माध्यमबाट चित्र बनाउन सकिने उत्प्रेरणा दिए । अठोट र प्रतिज्ञाले आत्मविश्वास बढाएकी बालिका अनीता कालान्तरमापोख्त चित्रकार बन्न पुुगिन् । प्रतिभा भएका तर विकलांग हुनपुुगेका बालबच्चाहरूलाई समयमै उचित परिवेश दिँदा उनीहरू सबलांगभन्दा कम हुँदैनन् भन्ने मधुर सन्देशको उज्यालो कथाको मूल मर्म बनेको छ ।

अन्य सामाजिक, शैक्षिकप्रधान कथाहरूमा ‘राक्षसको हार, बत्तीको कथा, हराएको मूूर्ति, पश्चात्ताप, मिठाईको लोभ, चटकीको बाँदर, खेलौँना, असल बानीलाई पुरस्कार, बल्ल आँखा खुले, बलबहादुर स्कुल गयो आदि कथाहरू विनोदात्मक अर्थात् मनोरञ्जनात्मक, नयाँ शैक्षिक क्षितिजको आभा प्रदान गर्ने, लोभी तथा अहङ्कारी वृत्तिको दुुष्परिणाम र सत्मार्गमा लाग्नेहरूको विजय हुने अग्ला सग्ला सन्देश दिएको छ ।

बालसुलभ बोली, पात्रहरूबीच संवादात्मक रोचकता, सहज भाषा, हार्दिकता, विज्ञानप्रविधिले ल्याएको नौलो दुनियाँ तथा ग्रहअन्तग्र्रह र अनन्त ब्रहृमाण्डको रोचक र काल्पनिकी परिचर्चा, स्वैरकल्पनाबाट बालबालिकामा कल्पनात्मक र तार्किक क्षमता वृद्धि गर्नसक्ने कौशलता, बालजिज्ञासाको सपाट उपस्थिति, बाल हृदयमा दबाब होइन मुुटुु छोएर त्यसमै गुुटुुमुुटुु बनौं जस्तो प्रभाव, हिमाली पहाडी तराई, देश, महादेश, अन्तरिक्ष, ग्रहउपग्रह र विश्वब्रहृमाण्डकै परिचर्चा, प्रायः तृतीय पुरुषप्रधान दृष्टिबिन्दुुमा यो संग्रहका कथाहरू मुुखर भएका छन् ।

बालरुचिको छनोट, बालबालिकालाई संघर्षशील जीवनबोध गराउँदै भयबाट मुक्ति र समग्रमा बालबालिकाहरू भोलिका खोजक, वैज्ञानिक, कलाकार, विकृति वा विसंगतिबाट टाढा रहने चरित्रनायक बनाउने उद्देश्यले कथामार्फत् प्रबोध गराएका छन् । लयालुु एवं मायालुु भाषा, जीवन्त परिवेश, चित्रहरूको प्रस्तुति यो संग्रहको विशेषता हो । अझ कथाशीर्षकलाई प्राण भर्न रंगीन तस्वीरको सजावट प्रकाशन पक्षले गरिदिएमा सुनमा सुुगन्ध थपिन्थ्यो ।

देशविदेश बुुझेका, घुमेरा र अनुुभवले खारिएका अभिनव वर्तमानसित अभिनवीकृत भइरहने, अध्ययनशील, चिन्तनशील र विविध भाषासाहित्यमा पनि दखल राखेका वरिष्ठ आख्यानकार विजय चालिसेज्यूूबाट नेपाली वाङ्मय तथा भाषाभण्डारमा अन्य कृतिहरूको प्रतीक्षा गरिरहेका छन् समस्त पाठकवृन्दले । सरल, विनयी, जाँगरिला र परिवर्तित विश्वसमाजलाई नियाल्न मनपराउने उनको जिज्ञासुु ज्ञानसागरबाट हामी अनगिन्ती पठनसंस्कृतिका मनमस्तिष्कमा अभिषेक गरिरहून् ! कथाकारको पावन जन्म महिना भएकाले अष्टचिरञ्जीवीहरूमा दायाँ रही दीर्घायु स्वस्थ, तन्दुरुस्त हुनुुहोस् भन्ने प्रार्थना गर्दछुु !! समाप्तम् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
विजय चालसे
विजय चालसे
2023-07-15 11:19 am

धन्यवाद बद्रीजी

रिलेटेड न्युज

छुटाउनुभयो कि ?