त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा : कमल थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ नयाँ समस्याको दलदलमा भासिएको बताउनु भएको छ ।

आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुलजड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि भन्ने गलत भाष्य रहेको बताउनु भयो । सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धविश्वास, रुढीबादी र विभेदमा आधारित रहेको भन्दै गलत भाष्य सृजना गरेको उहाँको आरोप छ ।

देशको विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्ग चित्र रहेको भन्दै उहाँले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?