नीति तथा कार्यक्रममात्रै प्रस्तुत हुन दिने कांग्रेसको अडान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाली कांग्रेसले संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने तर बैठक चल्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले पार्टीका सचेतकहरूसँग गरेको छलफलमा कांग्रेसले यस्तो अडान लिएको हो ।

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको आज बजेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको थियाे ।

सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

सहकारी ठगी पीडितको अरबौं रुपैयाँ दिलाउन पनि संसदीय समिति गठन गरेर अगाडि बढ्नुपर्ने मत कांग्रेसले राख्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?