मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताउनु भएको छ ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उहाँको भनाइ छ ।
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको उहाँले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताउनु भयो ।

उहाँले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गर्नुभयो। भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उहाँले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उहाँले भारतमा आफ्नो न्यानो स्वागत भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?