उथलपुथलबीच इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी

हिमालय टाइम्स
Read Time = 1 min

इस्लामबाद । आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक-इ-इन्साफ (पीटीआई) विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल-एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उपचुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।

आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको छ जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

आफ्नो पार्टीको उप-चुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल-एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?