कांग्रेसले गठन तीन समिति, सदस्यता व्यवस्थापन समितिको नेतृत्व गगन थापालाई

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ ।

अनुशासन समिति गठन गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको हो ।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतको भनाइ छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?