सवारी उल्लंघनबाट दुई करोड बढी राजस्व संकलन

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले दुई करोड बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका २५ हजार १६८ वटा सवारी साधनलाई कारबाही गर्दा वर्षभरिमा दुई करोड १६ लाख ३४ हजार पाँच सय रुपैयाँ राजस्व रकम संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीमा ट्रक पहिलो नम्बरमा रहेको छ । आठ हजार ६२४ वटा ट्रक कारबाहीमा पर्दा सबैभन्दा बढी एक करोड ४३ हजार राजस्व संकलन भएको छ ।

९३३ वटा ट्र्याक्टर कारबाहीमा पर्दा ६ लाख ४४ हजार ५००, सात हजार ७०४ वटा मोटरसाइकल कारबाहीमा पर्दा ५१ लाख ९० हजार पाँच सय, ३१५ वटा टेम्पोसहित अन्य सवारी कारबाहीमा पर्दा एक लाख ९३ हजार, ३२४ वटा यात्रुबस कारबाहीमा पर्दा २५ हजार पाँच सय, सात हजार २६८ वटा कार, जिप र भ्यान कारबाहीमा पर्दा ५३ लाख आठ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रमुख कार्कीले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा आठ लाख ८३ हजार रुपैयाँ बढी राजस्व रकम संकलन भएको छ । त्यसैगरी गएको एक आर्थिक वर्षमा जिल्लाभर विभिन्न सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?