ललितपुर महानगरपालिकालाई इलेक्ट्रिक स्कुटर

Read Time = 1 min

ललितपुर । आइएमई ग्रुप अन्तर्गतको आइएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त स्कुटर नगर प्रहरीलाई महानगरपलिकाले हस्तान्तरण गरेको । आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इलेक्ट्रिक स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता हो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एकपटक फुल चार्जमा सय किलोमिटर गुढ्न सक्ने कम्पनीको दाबी छ । भारतमा उत्पादित राफट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध रहेका छन् ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई स्कुटरले थप सहज हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?