अस्पताल निर्माणका लागि सहवित्तीयकरण सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को अगुवाई तथा नबिल बैंक सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा सय शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सञ्चालन गर्न दुई अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत गर्दै सहवित्तीयकरण सम्झौता भएको छ ।

हस्पिटल निर्माण गर्न निफ्राले एक अर्ब ५४ करोड तथा नबिल बैंकले एक अर्बसम्म लगानी गर्नेछ । बिहीबार सम्पन्न सम्झौता कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेसहित बैंकका कर्मचारी र परियोजनातर्फबाट अध्यक्ष कमल भण्डारीलगायत अन्य पदाधिकारीहरूकोे उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?