युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’ प्रदर्शन हुने

Read Time = 1 min

काठमाडौं । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको हो ।

जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको छ ।

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने ।

३ भदौबाट देशभर प्रदर्शन हुने फिल्म भारतमा पनि प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?