काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा जल चढाउने र पूजा गर्नेहरूको घुइँचो लागेको छ।
काठमाडौंको पशुपतिनाथ, म्याग्दीको गोकुलेश्वर, तनहुँ, चितवन र नवलपुरको सीमामा रहेको देवघाटधाम, पोखराको केदारेश्वर मन्दिरलगायतका देशका अन्य स्थानमा पनि विहानैदेखि भक्तजनहरूको भीड छ ।
देवघाटधाममा बोलबम मेलाको आयोजना गरिएको छ । मेला विहान ४ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने छ ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरू खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन् ।
सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।
जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।
सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन्। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यस वर्ष साउनमा पाँचवटा सोमबार परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच