काठमाडौं । भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेको आरोप लागेको छ । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेको उहाँमाथि आरोप लागेको हो ।
सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाउनु भएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा चलाएको छ ।
-न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच