कथाकार अमरकुमार प्रधान बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मानबाट सम्मानित

नबराज सिवाकोटी
Read Time = 2 mins

दोलखा । कथाकार अमरकुमार प्रधान बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मानबाट सम्मानित हुनु भएको छ । उहाँलाई सोमबार बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले नगद दशहजार सहित सम्मान गरेको हो ।

बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन वितरण गर्दै आएको बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान– २०८० बाट कथाकार अमरकुमार प्रधान लाई सम्मान गरिएको पुरस्कार समितिका संरक्षण चिरञ्जी मास्केले जानकारी दिनुभयो ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्म दिने र कर्मदिने आमाहरुको नाममा २०६८ सालमा स्थापना गर्नुभएको उक्त पुरस्कार हरेक वर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन जिल्लाको एकजना उत्कृष्ट साहित्यकारलाई प्रदान गरिँदै आएको छ । सम्मान कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले कथाकार प्रधानलाई नगद दशहजार सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेय साहित्यिक पत्रिका समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?