काठमाडौं । पहिलो संस्करण ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । नेप्को इन्टरटेन्मेन्ट प्रा.लि ले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘नेपाली गीत संगित कर्मिहरूको सम्मान हाम्रो अभियान’ भन्ने मूल नारा रहेको अवार्डमा ३४ विद्यामा समेटिएको छ । जसमा राष्ट्रिय, आधुनिक, चलचित्र, पप, लोक दोहोरी, तामाङ गीतलगायत बिधा छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम नेपाल संगीत उद्योग संघका महासचिव तथा अध्यक्ष जितबहादुर रावतले बताउनुभयो ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई पुरस्कृत गर्दै थप उत्साह प्रदान गर्ने एक जना विशिष्ट व्यक्तिलाई अवार्ड प्रदान गरिने रावतले जानकारी दिनुभयो । त्यस्तै, नेपाल संगीत उद्योग संघ तथा संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्यबहादुर मगरले कार्यक्रममा स्वागत मन्तव्य रादै अवार्डको फाइनल बिदेशमा हुने सम्भावना रहेको बताउनुभयो ।
‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड २०८०’को फाइनल विदेशमा हुन्छ यदि त्यहाँ भएन भने नेपालै हुन्छ’, उहाँले भन्नुभयो । यो अवार्ड अन्य अवार्डभन्दा फरक रहेको मगरको दाबी छ । ‘नेप्को अवार्ड’ पहिलो पटक भइरहेको छ । यस्ता अवार्ड हप्तैपिछे भइरहेको हुन्छन् नेपालमा, तर ‘नेप्को अवार्ड’ वर्षमा एक पटक गर्छौ भिन्न ढंगले गर्छौ,’ उहाँले भन्नुभयो । ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को फाइनल मंसिर ३० गते शनिबार तोकिएको छ ।
‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ का उत्कृष्ट पाँच नोमिनिज सार्वजनिकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आथित्य, संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका सञ्चालक जीतबहादुर रावतले अवार्ड कार्यक्रको अध्यक्षता गर्नुभएको थियो । एफएनसिसिआईका केन्द्रीय सदस्य शिवप्रसाद घिमिरे, कमला श्रेष्ठ, नरेशलाल श्रेष्ठको विशिष्ट आतिथ्य थियो ।
त्यस्तै, नेपाल संगीत उद्योग संघका पूर्वअध्यक्ष रूपेशकुमार श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ट कलाकार तथा निर्देशक लय संग्रोला, चर्चित गायिका राधिका हमाल, गायिका देवी हमाल, म्युजिक डाइरीका प्रधान सम्पादक तुलसी गिरी, भावुक म्युजिक खबरका सञ्चालक सुमन पण्डित, गीतकार लोकराज अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य जानुका मगरले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच