सर्जकको अधिकार कुण्ठित नहुनेगरी प्रतिलिपि अधिकार

Read Time = 2 mins

काठमाडौं । सरकारले सर्जकको अधिकार कुण्ठित नहुने ढंगले नयाँ प्रतिलिपि अधिकारसम्बन्धी कानुन ल्याइने बताएको छ । विश्व संगीत दिवसको अवसरमा बुधबार संगीतकार संघले आयोजना गरेको ‘प्रतिलिपि अधिकार ऐन २०५९ पुनर्लेखन विषयक अन्तक्र्रिया कार्यक्रम’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त प्रतिबद्धता गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय अनुभवलाई समेत समेटेर प्रतिलिपि अधिकारबारेको सुझाव पेश गर्न उहाँले आग्रह गर्नुभयो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले आफ्नो हक लिँदा अरूको हकको हनन् नहुनेगरी प्रतिलिपि अधिकारसम्बन्धी कानुन बनाउनुपर्ने धारणा राख्नुभयो ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति तथा संगीतकार शम्भुजीत बाँस्कोटाले पुरानो कपिराइट कानुन पर्याप्त नभएको बताउनुभयो । ‘नयाँ ऐनमा अधिकार स्थापित हुनेगरी कार्य गर्नुहोला,’ उहाँको सुझाब थियो । प्रतिष्ठानका वर्तमान उपकुलपति तथा गायक शम्भु राईले संगीत क्षेत्रमा ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो ।

संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले नयाँ प्रतिलिपि अधिकार ऐनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित संगीतकर्मी उपस्थिति थियो । कपिराइट कानुन निर्माणका लागि संघले पहल गर्ने महासचिव वसन्त सापकोटाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?