तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गरिने

फाइल तस्बिर

Read Time = 3 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने तयारी थालेको छ । तोरी उत्पादन गरेर खानेतेलमा आत्मनिर्भरता बनाउने उद्देश्यले गाउँपालिकाभरी तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने तयारी थालेको हो ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम अन्तर्गत अहिले कार्यविधि बनाउने काम भईरहेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

केपिलासगढी गाउँपालिका लेकमा भएको गाउँपालिका हो । लेकमा मनग्गे तोरी उत्पादन हुन्छ । तोरीलाई बाँदरले पनि नखाने रहेछ, अध्यक्ष राईले भने, ‘बाँदरबाट पनि किसान पिडित हुन परेन, खाने तेल पनि किन्न परेन । त्यही कन्सेप्ट अघि सारेका हौ ।’

'खाने तेललाई गाउँपालिकाभरीबाट एक आर्थिक वर्षमा करीव छ करोड पैसा बाहिर जाने रहेछ । गाउँघरको बारीहरु त्यतिकै बाँझो बसेको छ । तोरी मात्रै उत्पादन गरे बारी बाँझाे बस्दैन । किसानले उत्पादन गरेको तोरीको मात्रा हेरेर गाउँपालिकाले पुरस्कृत गर्छ ।' उहाँले भन्नुभयो, 'तेल प्रशोधनका लागि गाउँपालिकाले मिलको व्यवस्थापन गर्नेछ ।'

'पुरस्कृत गर्ने भन्दैमा नक्कली किसानहरु पनि पाइन सक्छ । त्यसैले हामी आफै किसानको घरमा पुग्छौ, वास्तविक किसान हो/हैन बुझ्छौ । अनि मात्रै उत्पादन गरेको तोरी हेरेर कार्यविधि अनुसार पुरस्कृत गर्छौ ।' अध्यक्ष राईले भन्नुभयो । तोरी खेतीले माहुरी पालनामा पनि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
-मात्तिममा उत्पादन गरिएको तोरी । तस्विर, दमन राई ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?