सुदूरपश्चिम र बानालाई उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।
फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई तीन-एकको सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५-२३ ले जिते पनि दोस्रो सेट २२-२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५-१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्‍यो ।

महिलाको फाइनलमा म्याग्दी समाजलाई दुई-एकको सेटमा हरायो । नेपाली पूर्वखेलाडी रमिला तण्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बन्नुभयो भने महिलामा रमिला तण्डुकार बन्नुभयो ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्‍यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो । महिलातर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताले पाँच सय ५५ डलर हात पार्‍यो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल रहनुभएको थियो । विशेष अतिथिमा विधानसभा सदस्य डा. हृयारी भण्डारी, महावाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघसंस्थाका व्यक्तित्वहरू तथा प्रायोजकहरूसमेतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?