कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २३ लाख १० हजार बिगो दाबी

Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालिन सव–इन्जिनियर राजेन्द्र शाही, नाप्रास. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?