श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

अछाम । अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको श्रीमानको कुटपिटबाट ज्यान गएको छ ।

बिहीबार राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान्  पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेकाे र उनको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?