डाइभर्सनको कामले सिद्धबाबा सडक क्षेत्र आजदेखि अवरुद्द हुने

हिमालय टाइम्स
Read Time = 3 mins

पाल्पा । बुटवल पाल्पा सिद्धवावा सडक आज(मंगलबार) देखि अबरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुइ पटक दिउँसो र राति सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताउनुभयो ।

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिबाट खुकुला ढुंगाहरू पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरू खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ ।

सोमबार सरकोकारवाला निकायहरूसंगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकाले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिनुभयो ।

सडक अबरुद्धका समयमा बेलवास–दोभान सडकखण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरू र अत्यावश्यक सवारी साधनहरूलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि आवश्यक पूर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय, यातायात ब्यावसायी, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?