टर्कीमा ५५ प्रतिशतले बढ्यो न्यूनतम पारिश्रमिक

Read Time = 1 min

एजेन्सी/टर्कीले सन् २०२३ देखि लागू हुनेगरी न्यूनतम पारिश्रमिकमा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम पारिश्रमिक ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको घोषणा गर्नुभएको हो ।

यो निर्णयसँगै आगामी जनवरीदेखि मासिक पारिश्रमिक न्यूनतम करिब ४५५ अमेरिकी डलर हुनेछ । सरकारी तथ्यांक अनुसार टर्कीमा करिब ६० लाख मानिस वा सबै कर्मचारीले करिब ३८ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?