यस्तो छ तपाईंको श्रावण १५ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल श्रावण १५ गते आइतबार, ई.सं.- ३१ जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष तृतीया, नक्षत्र- मघा, १३ः४२ बजे उप्रान्त पूर्वफाल्गुनी, योग- वरियान्, करण- तैतिल, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः२७, सूर्यास्तः १८ः५२ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् ।

मिथुन : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

कर्कट : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

तुला : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

मीन : लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?