‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवद्र्धनका लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुनेभएको छ । खाँडादेवी, सुनापाती र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न दोस्रो संस्करणको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको हो ।

आयोजकका अनुसार संगीत प्रवद्र्धनसँगै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, फिल्म, पर्वजस्ता विभिन्न क्षेत्रका स्रष्टालाई अवार्ड प्रदान गरिनेछ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले अवार्डमा सहभागिताका लागि आवेदन खुलाइएको जानकारी गराउनुभयो ।

आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँबानेश्वर, थापागाउँबाट फारम भर्न सकिनेछ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकास तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?