धारामा पानी आउदैन, खानेपानीको मासिक शुल्क तिर्छन स्थानीय

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकामा खानेपानीको समस्या भएको छ । करोडौंको लगानीमा निर्माण गरिएको चैनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी वितरण नगर्दा जयपृथ्वी नगरपालिकामाको वडा नं. ४ ,९ र १० मा खानेपानीको समस्या भएको हो ।

नगरपालिकाको वडा नं. ९ को देवल र वडा नं. १० को दम्मदुर, कुलाली गाउँ, खेइरा लगाएतका वस्तीहरुमा चैनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले पानी वितरण गर्नुपर्ने भएपनि वितरण गर्न नसक्दा उक्त बस्तीहरुमा खानेपानीको समस्या भएको स्थानीय हरिभक्त जोशीले बताउनुभयो ।

वडा नं. ४ गोलाइको खाती बाडा, जोशीबाडालगाएतका ठाँउमा डोड्रड बाट ल्याएको पानीको मुहान सुकेपछि अहिले खानेपानीको हाहाकार भएको स्थानीय खडक खातीले बताउनुभयो । ‘‘उहाँले भन्नुभयो ’’ दुई तीन दिन पछि धारामा थोरै पानी आउछ , पानी भर्नको लागी घण्टौ लाइनमा बस्नुपर्ने हुन्छ । घण्टौ लाइनमा बसेर पनि पानी भर्न नपाएपछि झगडा हुन्छ । चुनावको बेलामा विभिन्न पार्टीका नेताहरुले खानेपानी बनाइदिने आश्वासन दिएको भएपनि जनप्रतिनिधि भइसकेपछि कुनै पनि नेताहरुले खानेपानीको लागी कुनै पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

खानेपानी निर्माणको चरणमा प्रत्येक घरबाट रकम संकलन गर्ने देखी लिएर धारा जडान गरेका घरबाट मासिक शुल्क निरन्तर तिर्नु पर्नै भएपनि हालसम्म गाउँका धाराहरुमा पानीको नआएकोे स्थानीयको भनाई छ । पानी नपाइने तर खानेपानीको मासिक शुल्क तिर्नु परेको बताउँदै स्थानियले उपभोक्ता समितिले तुरुन्त पानी वितरण गर्नुपर्ने बताएका छन् ।

आफुले निरन्तर रुपमा चैनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समुह संग आग्रह गरेपनी कुनै सुनुवाई नभएको दम्दुर कुलाली गाउँका स्थानिय नागार्जुन जोशीले बताउनुभयो ।

योजना निर्माण सम्पन्न भइसकेको दुइवर्ष पुग्न लाग्दा पनी कुनै ठाउँमा भने खानेपानीको लाइन समेत विस्तार भएको छैन् । जयपृथ्वी नगरपालिका वडा नं. ४ को गोलाई क्षेत्रमा हालसम्म खानेपानीको लाइन समेत विस्तार हुन सकेको छैन् । यता चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र बहादुर विष्टले भने दम्दुरलगाएतका क्षेत्रमा आइतवार बाट खानेपानी सुचारु गरिएको दाबी गर्नुभएको छ । सिम्भाडीमा रहेको खानेपानीको ट्यांकीबाट खानेपानी नचढेपछी पुरानो खानेपानीको लाइनबाट खानेपानी वितरण गरिएको विष्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?