![होम्ताङका घरघरमा बुनिन्छ नाङ्लो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bhojpur-hotang-naglo-bundai.jpg)
मुगु । मुगु जिल्ला स्थित खत्याड गाउँपालिकाको एक माध्यामिक विधालयमा जिल्ला मै पहिलो पटक विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरिएको छ ।
आइतबार खत्याड गाउँपालिका वडा नं ३ स्थित श्री कालिका मावि बुगाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थिको अन्तरनिहित प्रतिभालाई ब्यवहारिक तथा जिवन उपयोगी सिप बिकासमा सहयोग पुर्याउनका लागि यो विज्ञान तथा शैक्षिक सामग्री प्रदशनी गरिएको र दुर्गमका सामुदायिक विद्यालयका विद्यार्थिहरुमा पनि प्रतिभा र क्षमता हुन्छ अबसर र साधन स्रोत भएमा नयाँ नयाँ विज्ञान प्रविधिका आविस्कारका काम पनि गर्न सक्छन भन्ने सन्देश दिन खोजेको सो विधालयका प्रधानध्यापक जेटबहादुर शाहीले बताउनु भयो । प्रदशनीमा खत्याड गाउँपालिकाका मातहतका १६ विद्यालयले २० वटा स्टल राखेका थिए ।
विद्यालय तहदेखि विज्ञानका सामग्री निर्माणले भविष्यमा वैज्ञानिक बन्ने आधार तय गर्ने परम्परागत रूपमा चल्दै आएका सामग्री आधुनिकतासँगै हराउँदै आएको छ । परम्परादेखि प्रयोगमा आएका सामग्री विज्ञानकै नमुना हुन् । देशलाई विकास गर्न वैज्ञानिक आविष्कार मै ध्यान दिनुपर्नेमा अवलोकनकर्ताहरूले जोड दिएका छन् ।
विद्यालय तहका विज्ञानमा पठाइ हुने भौतिकशास्त्र, मेकानिकल, जीव विज्ञानसँग सम्बन्धित स्काभेटर, हेलिकप्टेर,प्लेन,टिपर,पोलि हाउस, रोवर्ड, रोवर्ड बाट बल खेल्ने, एकिकृत खेति प्रणाली लगायतका सामग्री विद्यार्थीहरुले प्रदर्शनीमा राखेका थिए ।
विगतमा विज्ञान विषय पास गर्नका लागि पढ्ने र पढाउने गरिन्थ्यो पास मात्र गराउने गरी विज्ञान पढाइ हुँदा देशमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन् । देशमा आवश्यक वस्तु विदेशीकै भर पर्नुपर्ने स्थिति आएकाले अब विज्ञान विषयलाई प्रतिस्पर्धी तथा प्रयोगात्मक बनाउनुपर्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताउनु भयो । उहाँले भन्नुभयो, 'युग वैज्ञानिक छ नेपाली समाज पुरातन सोचमा चलिरहेको छ त्यसैले राज्यले पनि विश्व सुहाउदो,उत्पादन मुलक र व्यवसायिक शिक्षामा जोड दिनु पर्छ ।’
प्रदर्शनी कार्यक्रममा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही, उपाध्यक्ष सरिता रोकाया, वडा अध्यक्ष र विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरू लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिरुको उल्लख्य सहभागिता रहेको थियो ।
जिल्ला मै पहिलो विज्ञान तथा शैक्षिक प्रदर्शनी कार्यक्रम हुँदा गाउँबस्तिबाट पनि मानिसहरु उपस्थित भएका स्थानियहरु र जिज्ञासु विधार्थीहरुले उत्सुक्ताका साथ प्रदशर्नीको अबलोकन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच