युवा संघले टाल्यो भोजपुर बजारको सडकको खाल्डाखुल्डी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटिले भोजपुर बजार सरसफाई सहित सडकका खाल्डा खुल्डी टालेको छ । सडकमा देखिएको खाल्डा खुल्डीले जोखिम बढाएको भन्दै युवा संघ नगर कमिटिको आयोजनामा सरसफाई तथा सडकको खल्डाखुल्डी टालिएको हो ।

‘समाज रुपान्तरणको अभियान नवयुवाको योगदान’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भोजपुरको आयोजनामा जिरो प्वाइन्ट हुदै भोजपुर बजार क्षेत्र सरसफाई, सडक मर्मत तथा डेगीं रोग र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको युवा संघ नगर कमिटि अध्यक्ष दिपेन दर्नालले बताउनुभयो ।

युवा संघले गरेको कार्यक्रममा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, जिल्ला स्थित नेता कार्यकर्ता, जनप्रतिनिधी, युवा संघ, स्थानीय लगायतको सहभागिता रहेको थियो । संघले केही दिन अघि भोजपुरको टक्सारमा रहेको सामुदायिक बन क्षेत्रमा बृक्षरोपण समेत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?