काठमाडौं । नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोहबीच एकैसाथ लोकार्पण गरिएको छ । वानीरा फाउण्डेशनका संस्थापक तथा संरक्षक शंकर गिरीले उक्त कृतिहरू लोकार्पण गर्नुभएको हो ।
नरेन्द्रराज प्रसाईंद्वारा लिखित तथा अणुराज जोशीबाट अंग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति, डा.ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासंग्र्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृतिको बिहीबार लोकार्पण गरिएको हो ।
वानीरा फाउण्डेशनद्वारा आयोजित लोकार्पण समारोहमा अनुवादक अणुराज जोशी तथा डा.अनिष मुडभरीबाट लोकार्पित कृतिहरूबारे मन्तव्य प्रस्तुत गर्नुभएको थियो । वानीरा फाउण्डेशनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईं तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरू र संस्थाको प्रगतिबारे मन्तव्य राख्नुभएको थियो ।
वानीरा फाउण्डेशनका अध्यक्ष इन्दिरा प्रसाईंबाट फाउण्डेशन भवनको प्रांगणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम सुरु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच