तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?