काठमाडौं । सरकारले आज (सोमबार) देखि ५ देखि १२ वर्षमुनि उमेर समूहका बालबालिकाहरूलाई कोभिड-१९ विरुद्धको दोस्रो मात्रा खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड-१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्न लागिएको हो ।
दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान आग्रह गरिएको छ । सरकारले खोप केन्द्र नजिकैको विद्यालयलाई तोकेको छ।
मन्त्रालयका अनुसार खोप लगाउने जिल्लाहरू प्रदेश १ को झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिराहा र महोतरी रहेका छन् ।
यसैगरी बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र वर्दिया, कर्णली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको