कालीकोट । केन्द्रबाट कर्णालीको नेतृत्व एमालेलाई दिने भनेपनि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायमै राख्नुभएको छ । शर्मालाई मनाउन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुर्खेत पुगेपनि पटक–पटक बसेको बैठक निष्कर्षविहीन भएको छ ।
मुख्यमन्त्री शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसदमा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । यता एमालेका नेता कँडेलले भने केन्द्रको सहमतिभन्दा बाहिर जान नसक्ने अडान राख्नुभएको छ ।
नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललगायतको टिम मुख्यमन्त्री राजकुमार शर्मालाई फकाउन उहाँकै निवासमा पुगेको छ । केन्द्रको निर्णयलाई चुनौति दिँदै बसेका शर्मालाई मनाउन माओवादीका केही नेता र नेकपा एमालेले निरन्तर प्रयास गरिरहेका छ ।
प्रदेश सभा बैठक स्थगित
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हाे ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक दलहरूबीच सहमति जुट्न नसक्दा स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान कायम राख्नुभएको हाे ।
विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राख्नुभएका शर्मा र एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलबीचमा कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो ।
यसअघि मंगलबार नै बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शर्माले लिने विश्वासको मत लिने निर्णय अघि बढाएको थियो ।
केन्द्रको निर्देशन तत्कालन कार्यान्वयन नगर्ने पक्षमा उभिएका शर्माले सरकारी निवासमा एमाले र माओवादीका नेताबीच दुई घण्टा लामो छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच