मधेसबाहेक सबै प्रदेशमा मेघगर्जनसहित बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलागायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली, र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?