काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुइ देशमा राजदुत नियुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालय, शितलनिवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।
जसअनुसार राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।







कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा