खप्तड गोल्डकप चैत दोस्रो साता

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौँ संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने जानकारी दिनुभयो । उक्त मितिमा अखिल नेपाल फुटबल संघ (एन्फा)बाट स्वीकृत प्राप्त भएपछि आयोजकले उक्त मिति घोषणा गरेको हो ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको छैटौँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगितामा ६ ‘ए’ डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरी १० टिमको सहभागिता रहने हमालले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकका रूपमा प्रवद्र्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?