‘केपी ओली कप’ फुटबल फागुन ११ देखि हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुनेभएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष किरण पौडेलले पछिल्लो समय प्रमुख समस्याको रूपमा देखापरेको खेलाडी पलायन रोक्न र फुटबल खेलेरै बाँच्न पाउने अवस्था बनाउन सहयोग गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘केपी ओली युवा संघको संस्थापक अध्यक्ष हुनुन्थ्यो, त्यसैले उहाँको नाममा प्रतियोगिता गर्न लागेका हौं,’ उहाँले भन्नुभयो, ‘अन्य राजनीतिक दलले पनि हामीले झैं प्रतियोगिता गरे भने त्यसबाट पनि खेलाडीलाई फाइदा हुन्छ भन्ने आस गरेका छौं ।’

केपी ओली पार्टीको अध्यक्ष पनि भएको र उहाँको लिगेसी खेलकुदमा ढाल्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले पत्रकार सम्मेलनमार्फत बताउनुभयो । टिम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टिमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख, उपविजेताले पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरूेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अल दि म्याच’ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन् । प्रतियोगिताको उद्घाटन खेल च्यासलमा र बाँकी खेल एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको फाइनल भने दशरथ रंगशालामा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?