विश्वकप क्रिकेट : नेदरल्यान्ड्ससामु न्युजिल्यान्डले दियो ३२३ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच खेल भइरहेको छ । न्युजिल्यान्डले नेदरल्यान्ड्ससामु जितका लागि तीन सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । न्युजिल्यान्डका लागि विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने । यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए । उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एकरएक विकेट लिए ।

अहिले नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ । जारी प्रतियोगितामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । न्युजिल्यान्ड पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसित ८१ रनले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?