डुम्रे-बेँसीसहर सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा पहिरोले सडक अवरुद्ध भएको हो ।

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ । वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।

विगतमा ठूलो पहिरो गएकाले सोही पहिरो हुँदै लेदो आउदा पटक-पटक समस्या भइरहेको छ । सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ । गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ ।

त्यस्तै सोमबार बिहानदेखि नै हालसम्मै बेँसीसहर चामे सडकसमेत अवरुद्ध कायम रहेको छ । यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ र मनाङको चामे गाउँपालिकास्थित कोत्रेमा गएको पहिरोको कारण सडक अवरुद्ध भए पनि कोत्रेमा भने सोमबारबाटै सवारी सञ्चालन हुँदै आएको थियो ।

कोत्रेमा २० मिटर सडक बगाएको थियो भने रामबजार नजिकै ढुङ्गा माटाको पहिरोले सडक अवरुद्ध बनाएको थियो । सूचना अधिकारी एवं इञ्जीनियर अधिकारीले भन्नुभयो, “रामबजार नजिकको पहिरो हटाउने कार्य भइरहेको र आज १० बजेतिरबाट सडक सञ्चालन हुन सक्नेछ ।” हाल पानी परिरहेको र फेरि पनि पहिरो आएमा भने थप समस्या हुने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?