गृहमन्त्रीको निर्देशन: बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्नू

Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएको छ।

म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खााणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएको हो ।

केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाँणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?