महिला साफः दोस्रो चरणमा ३५ खेलाडी छानिए

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउनुभएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गर्नुभएको हो । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नुहुनेछ ।

साफ च्याम्पियनसिप १३-२५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध साँझ ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो ।

टिममा रहनुभएका ३५ खेलाडीमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि.क. रहनुभएको छ । यस्तै रक्षकमा हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक र समीक्षा घिमिरे रहनुभएको छ ।

मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी र कुशुम खतिवडा रहनुभएको छ भने फरवार्डमा सवित्रा भण्डारी (साम्बा), अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला वि.क र चन्द्रा भण्डारी रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?