इलाममा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

Read Time = 3 mins

-प्रकाश नेपाल

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट तीन हजार सात सय ९८ जनाले राहदानी लिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा इलाममामा राहदानी लिनेको संख्या दुई हजार ४५ रहेको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादब राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या झन्डै दोब्बरले बढेको हो । राउतका अनुसार इलाममा गएको फागुन महिनाबाट ई-पासपोर्ट बनाउन सुरु भएको छ । हालसम्म ई-पासपोर्ट दुई हजार तीन सय ४८ जनाले लिएकाे समेत राउतले बताउनुभयो । उहाँका अनुसार पास्पोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको पाइएको र रोजगारी भन्दा पनि अध्ययनका लागि जापान,अस्ट्रेलिया लगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाईएको छ ।

यस्तै २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या दश हजार सात सय ७१ रहेको छ । जिल्लाको इलाका प्रशासन कार्यालय र सिमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट दुई हजार सात सय ६२ जनाले नागरिकता लिएका छन् । उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन इलाम, इलाका प्रशासन कार्यलय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनै वटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या ७ हजार पाँच सय २३ रहेको छ भने बैबाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?