मुगु सदरमुकामदेखि पहिलोपल्ट काठमाडौंसम्म बस सेवा, रारा ताल हेर्न सहज

प्रतिकात्मक तस्बिर

Read Time = 3 mins

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको हो ।

क्षेत्रिय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले संयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रबार विधिवत रुपमा उद्घाटन गरेका छन् । सो प्रालिले अब सिधै गमगढीदेखि सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाईएको छ ।

मुगुमा स्थापना भएको सो प्रालिलाई छाँयानाथ रारा नगरपालिका–२ का वडा अध्यक्ष परेक राज चौलागाई र भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिका ईन्चार्ज रविन मल्लले शुक्रबार सो प्रालिको उद्धघाटन गर्नुभएको हो । मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गर्नुभएको थियो ।

बिगतका दिनहरूमा मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधनले सिधै राजधानीसम्म चल्न सकेका थिएनन । राजधानीसम्म सवारी नचल्दा यहाँका नागरिकहरू सवारी ब्यवसायीबाटै ठगिन पुगेका थिए । अब सिँधै काठमाडौंसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।

अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउँदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने काउण्टर ईन्चार्ज रविन मल्लले बताउनुभयो ।

मुगुमा च्याउ उम्रे जस्तै काउण्टरहरू स्थापना भएका छन् । दिर्घकालिनसम्म नरहने यात्रु ठगिन पुगेका छन् छाँयानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईले भन्नुभयो ।

मुगुमा अब राजधानीसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरूको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताउहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?