ट्रिटनलाई क्रिकेट उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो ।

हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित गर्‍यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

ट्रिटनका अमित श्रेष्ठ ‘म्यान अफ द सिरिज’, ट्रिटनकै रवि शाह उत्कृष्ट ब्याट्सम्यान र जेएमडीका सुमित झा उत्कृष्ट बलर चुनिनुभयो । चारदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?