अन्तरविद्यालय इण्डोर क्रिकेट प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इण्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखि सुरु हुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन ।

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताउनुभयो । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।

पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य भनेको सुनसरी जिल्लामा विद्यालयस्तरबाटै क्रिकेट खेलाडीहरू उत्पादन गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रतियोगिता मात्र नभएर विद्यालयस्तरका खेलाडीको छनोट पनि हो । प्रतियोगिता नेपालकै दोस्रो इण्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इण्डोर क्रिकेट हलमा हुनेछ । प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समयावधि २० गतेसम्म छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?