पूर्वएआइजी शर्मा पर्यटन व्यवसायमा

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्माले नयाँ व्यवसाय सुरु गर्नुभएको छ । उहाँले पहिलो पब्लिक कम्पनीका रूपमा ट्राभल एजेन्सी सञ्चालनमा ल्याउनुभएको छ । गुरु ट्राभल्स लिमिटेड नामक कम्पनीको उद्घाटन शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गर्नुभयो ।

सो अवसरमा शर्माले नेपालको पर्यटन क्षेत्रलाई अझै सफल र सबल बनाउँदै पर्यटनको लाभ आमनेपालीसम्म पुर्‍याउने लक्ष्यले गुरु ट्राभल्स सुरु गरेको गरिएको भन्दै नेपालको पर्यटन क्षेत्रमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।

६० भन्दा बढी उद्यमी व्यवसायीको लगानी रहेको कम्पनीले आगामी तीन वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने योजना बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?