काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष दाहाललाई राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हाे ।
शपथ ग्रहणपछि उहाँले पदभार समेत ग्रहण गर्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । दाहालले कांग्रेसका युवराज शर्मालाई पराजित गर्नुभयो ।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच