५ चैतमा स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

Read Time = 1 min

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित् क्याम्पसहरुलाई महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?