म्याग्दीमा समयमै पुगे सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीमा यस वर्ष समयमा नै सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरु आइपुगेका छन् । आवश्यक पाठ्यपुस्तकहरु जिल्लामा आइपुगेपछि सामुदायिक विद्यालयहरुमा एकद्धार प्रणाली मार्फत पाठ्यपुस्तक वितरण गर्न लागिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो ।

महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयहरुलाई सहज रुपमा पाठ्यपुस्तकको उपलब्ध गराउन विक्रि केन्द्र स्थापना गरेको महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत बर्ष पुस्तक विक्रि भएको तथ्याङ्कको आधारमा आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मको लागि १४ हजार ६ सय ७० जना विद्यार्थीहरुलाई लक्षित गरेर पुस्तक ल्याइएको छ ।

म्याग्दीमा कक्षा ७ को सामाजिक बाहेक अन्य अधिकाँश कक्षाका पूरा सेट पाठ्यपुस्तक नै बेनीमा ल्याइसकिएको महासंघले जनाएको छ ।

अपुग पाठ्यपुस्तक समेत छिटै बेनीमा आइपुग्ने र चैत २८ गतेदेखि पाठ्यपुस्तक विक्रि वितरण सुरु गरिने जनाइएको छ । म्याग्दीमा विगत नौ बर्षदेखि व्यवासायिहरुले सामुहिक रुपमा विक्रि केन्द् स्थापना गरेर सरकारी पाठ्यपुस्तक विक्रि गर्दै आएका छन् ।

म्याग्दीका पुस्तक व्यवसायिहरुले करिब रु १ करोड शेयर रकम संकलन गरेर सामुहिक रुपमा पाठ्यपुस्तक खरिद गरेर एकैठाउँबाट विक्रि वितरण गर्न लागेको महासंघले जनाएको छ । जिल्लामा कूल दुई सय ३३ वटा सामुदायिक विद्यालयहरुमा करिव १५ हजार विद्यार्थी अध्ययनरत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?