अंश माग्दा आमाको हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-संजीवकुमार मिश्रा
बारा । अंश माग गरेको कारण सौतेनी आमाको हत्या गरिएको छ ।

अंश माग गर्दा भएको वादविवादले झगडाको रुप लिँदा कलैया उपमहानगरपालिका ७ का २२ वर्षीय जयकिशोर यादवले सौतेनी आमाको हत्या गरेका छन् ।

यादवले ४५ वर्षीय सौतेनी आमा तेतरी देवीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बारा प्रहरीले जनाएको छ । हत्या गरी यादव फरार भएको प्रहरीले जानकारी दिएको छ ।

जयकिशोर यादवले बिहीबार बेलुका छ बजे धारिलो हतियार प्रहारगरी तेतरीदेवी यादवलाई हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।

तेतरी निसन्तान रहेको उनको कुनै सन्तान नभएको र घरायसी विवाद तथा आफ्नो अंशहक मागेको कारण यादवले सौतेनी आमा तेतरीको घाँटीमा धारिलो हतियार प्रहारगरी हत्या गरेको प्रहरीले दाबी गर्नु भएको छ । प्रहरीले मृत्तक तेतरीका ६० वर्षीय श्रीमान शिवनारायण यादव र अर्काे सौतेनी छोरा १२ वर्षीय नवलकिशोर यादवलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यस घटनामा मृत्तकका श्रीमान शिवनारायणको संलग्नता देखिएपछि पक्राउ गरिएको तथा नाबालक नवलकिशोरलाई सोधपुछ गरी छोड्ने बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा आमाको हत्याको आरोप लागेका जयकिशोर यादव र उनका आमा धनवन्ती देवी यादव अहिले फरार रहेकाले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?